जेठ ०६, २०८१, आइतबार
               

प्रि–क्वाटरफाइनलबाटै बाहिरियो सिटी, लिभरपुरको जित

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि(क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार भएको खेलमा सिटी  वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो । निर्धारित समयमा कुनै नभएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । जहाँ सिटीका फिल फोडेन गोल गर्न सकेनन् । 

अन्य खेलमा लिभरपुलले च्याम्पियनसिप क्लब प्रिस्टनलाई उसकै मैदानमा २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । यस्तै टोटेनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्‍यो । 

अर्को खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । 

यो सँगै कारवाओ कपको क्वाटरफाइन समीकरण पूरा भएको छ । क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ ।

आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि