चैत १६, २०८०, शुक्रबार
               

इंग्ल्याण्डको लगातार दोस्रो जीत

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

इंग्ल्याण्डले आईसीसी टी- ट्वान्टी विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ । बुधबार भएको समूह- १ को खेलमा  इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल संभावना बलियो बनाएको हो । 

जीतका लागि १२५ रनको सामान्य विजयी लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । इंग्ल्यान्डको जीतमा ओपनर जेसन रोयले सर्वाधिक ६१ रन बनाए । डेविड मलान २८ रनमा अविजित रहे । 

बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमदले १-१ विकेट लिए । आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए । कप्तान महमुदुल्लाह रियाद र नासुम अहमदले समान १९ रन जोडे । 

इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले सर्वाधिक ३ विकेट लिए । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । 

इंग्ल्यान्ड दुई खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । समान २ अंक भए पनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । यस्तै, बंगलादेश पाँचौँ र वेस्टइन्डिज पुछारमा छन् । 


कस्तो लाग्यो ?

यो पनि