जेठ ०६, २०८१, आइतबार
               

नेपाली फुटबल टिमलाई एक लाखसहित आज सम्मान गर्दै कांग्रेसको तरुण विभाग

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले इतिहास रच्न सफल नेपाली फुटबल टिमलाई आज बुधबार सम्मान गर्दैछ ।

माल्दिभ्सको मालेमा हालै सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल ९साफ० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ ऐतिहासिक सफलता हासिल गरेको नेपालको राष्ट्रिय फुटबल टिमलाई एक लाख ११ हजार नगद र सम्मान पत्रबाट  सम्मान गरिन लागिएको तरुण विभागका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले जानकारी दिए ।

राष्ट्रिय शभा गृह प्रदर्शनीमार्गमा २ बजे गृहमन्त्री बालकृष्ण खाँणले फुटबल टिमलाई  सम्मान गर्नेछन् । फाइनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो । भारतसँग नेपाली टिम पराजित भए पनि इतिहास रच्न सफल भएको छ ।

‘उत्कृष्ट प्रदर्शनका साथ नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्ने वित्तिकै तरुण विभागले राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरिसकेको थियो ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि उपाधि यसपाली हाम्रो हुन सकेन । तर पहिलो पटक फाइनल पुुग्ने खुट्किलो चढेका छौं । अर्को पटक पक्कै हामी दक्षिण एसियाको च्याम्पियनबन्ने विश्वास लिएका छौँ,’ तरुण विभागले विज्ञप्तिमा भनेको छ । 


कस्तो लाग्यो ?

यो पनि