जेठ ०६, २०८१, आइतबार
               

टी– २० विश्वकप क्रिकेट : स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । अफगानिस्तानले टी– २० विश्वकप क्रिकेटको सुपर– १२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ ।

सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो  ।

जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा ६० रनमै अलआउट भयो । ओपनर जर्ज मुन्सेले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् । मुजिबले ५ र राशिदले ४ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । अफगानिस्तानका नाजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन जोडे ।

स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १–१ विकेट लिए ।

जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो । अर्को समूहमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई, अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेका थिए ।

मंगलबार पहिलो खेलमा पौने ४ बजे दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्नेछ । राति पौने ८ बजे हुने खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने छन् ।

यो पनि