बैशाख २२, २०८१, शनिबार
               

मार्से र पीएसजीले अंक बाँडे

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । फ्रेन्च लिगा वानमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति भएको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ५७ औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । विपक्षी खेलाडीलाई फल गरेपछी रेफ्रीले  अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाएका थिए  ।

यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्ष स्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा छ ।


कस्तो लाग्यो ?

यो पनि