बैशाख ०८, २०८१, शनिबार
               

पाकिस्तानद्वारा भारत पराजित

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । यूएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । दुबईमा भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित हात पारेको छ । आईसीसी विश्वकपमा पाकिस्तानले पहिलो पटक भारतलाई पराजित गरेको हो ।

टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको भारतले ७ विकेटमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले बिना क्षति १७ ओभर ५ बलमा विजयी रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र रिजवान अन्सारीले ७८ रन बनाए ।

यसअघि भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाएका थिए । पाकिस्तानका लाथि साहिन शाह अफ्रिदीले ३ विकेट र हसन अलीले २ विकेट लिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि