बैशाख २१, २०८१, शुक्रबार
               

उपमेयर महिला फुटबल कप : आज तीन खेल हुँदै

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज (शुक्रबार) तीन खेल हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल बिहान ९ बजे समूह ‘सी’ को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीच हुनेछ । 

दोस्रो खेलमा समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १२ बजे हुनेछ । आजको अन्तिम तथा तेस्रो खेलमा दिउँसो ३ बजे समूह ‘इ’ को सिमकोट नगरपालिका र काठमाडौं महानगरपालिका भिड्नेछन् । 

तीनै टोलीको प्रतियोगितामा यो पहिलो खेल हुनेछ । प्रतियोगिता एन्फा मुख्यालयमा भइरहेको छ ।

बिहीबार प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ को बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० ले हराएको थियो । जितसँगै बागमतीले तीन अंक जोड्यो । अर्को खेलमा कनकाइ नगरपालिकाले गोदावरी नगरपालिकालाई १२–० ले हराउँदै तीन अंक जोड्यो ।

समूह ‘बी’ को कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०–० ले हराएको थियो । राष्ट्रिय टोलीका चार खेलाडी सम्मिलित कालिकाले जितसँगै तीन अंक जोड्यो ।

प्रतियोगितामा सहभागी  ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन–तीन टिम छन् । 

प्रतियोगिताको विजेता र उपविजेता टोलिले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि