बैशाख २२, २०८१, शनिबार
               

टी–२० क्रिकेट : स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी–२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् ।

बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी हुँदै एसोसिएट राष्ट्र स्कटल्याण्ड र टेस्ट राष्ट्र बंगलादेश समूह –बी’ बाट क्रमशः विजेता र उपविजेताका रुपमा विश्वकपको सुपर १२ मा प्रवेश गरेका हुन् ।

समूह ‘बी’ को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थान हात पारेको हो ।

जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेटको क्षतिमा जित हात पार्यो । जितमा कप्तान काइल कोट्जरले सर्वाधिक ४१ रनको योगदान दिए । म्याथ्यु क्रस २६ रनमा अविजित रहे ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली ओमान २० ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो । ओमानका ओपनर अकिब इलायसले  सर्वाधिक ३७ रन बनाए । स्कटल्यान्डका जोश डेभीले ४ ओभरमा  ३ विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो ।

जितका लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पपुपा न्युगिनी १९ ओभर ३ बलमा ९७ रनमा अल आउट भएपछि बंगलादेशले सुपर १२ मा स्थान बनायो ।

पपुवा न्युगिनीका विकेटकिपर किप्लिङ डोरिगा सर्वाधिक ४६ रनमा अविजित रहे । बंगलादेशका सकिब अल हसनले ४ ओभरमा  सर्वाधिक ४ विकेट लिए ।

समूह ‘बी’ बाट स्कटल्यान्ड ३ खेलमा ३  जितका साथ अपराजित रहँदै शीर्ष स्थानमा हो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहँदै सुपर १२ को समूह ‘ए’ मा स्थान बनाएको छ ।

सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता बंगलादेश रहनेछन् ।

समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता स्कटल्यान्ड र समूह ‘ए’ को उपविजेता रहनेछन् ।


कस्तो लाग्यो ?

यो पनि