काठमाडौं । जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३६औँ मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भए ।
च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो । च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाति दुई खेलमा पराजित भएको थियो ।
जितपछि बार्सिलोना समूह ‘इ’ मा ३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।