बैशाख १२, २०८१, बुधबार
               

टी-ट्वान्टी विश्वकपमा बंगलादेशको पहिलो जित

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८

ADVERTISEMENT

काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित हात पारेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले ओमानलाई २६ रनले हरायो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनमा सीमित भयो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाउन बाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् । ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिँदा शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा शकिब अल हसनले ४२ रन जोडेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि