मंसिर ०७, २०८१, शुक्रबार
               

टि–ट्वान्टी क्रिकेट : भारतद्वारा इंग्ल्याण्ड ७ विकेटले पराजित

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । सातौँ संस्करणको टि–ट्वान्टी क्रिकेट विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ ।

युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो । भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए । यस्तै केएल राहुलले ५१ रन जोडे । 

इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

इंग्ल्यान्डको लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए । यस्तै मोइन अलीले ४३ रन बनाए । भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए ।

विश्वकपअघि दोस्रो अभ्यास खेलको रुपमा भारतले २० अक्टोबरमा अस्ट्रेलियासँग तथा इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छ । 


कस्तो लाग्यो ?

यो पनि