चैत १६, २०८०, शुक्रबार
               

एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।

शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।

क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री रहनेछिन् । क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण ३ कात्तिकबाट सुरु हुने जनाएको छ । बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ । नेपालले युएईमा आयोजना हुने एसियाली छनोट खेल्नेछ । 


कस्तो लाग्यो ?

यो पनि