बैशाख १५, २०८१, शनिबार
               

आईपीएल उपाधि भिडन्त आज

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज शुक्रबार हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ । उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो । इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ । कोलकाताले पनि दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो ।

चेन्नई र कोलकाताबीचको पछिल्लो खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ ।

यसै वर्षको पछिल्लो दुई भेटमा चेन्नईले बाजी मारेको थियो ।  लिग चरण अन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो । यस्तै सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो ।

कोलकाताविरुद्ध चेन्नई उक्त जितलाई कायम राख्ने योजनामा हुनेछ । कोलकाता भने चेन्नईविरुद्ध फाइनलमा बदला लिन चाहन्छ ।


कस्तो लाग्यो ?

यो पनि