मंसिर ०६, २०८१, बिहीबार
               

चेन्नई आइपिएलको फाइनलमा, दिल्लीले अझै खेल्नुपर्ने

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो ।  

समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा भिडेका थिए । १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले उत्कृष्ट प्रदर्शन गर्दै ६  विकेट गुमाएर २ बल बाँकी रहँदा खेल आफ्नो पक्षमा पारेको हो । 

चेन्नईको जितमा ऋतुराज गायकवाडले ७० रन तथा रविन उथप्पाले ६३ रनको योगदान दिए । यी दुईले ११० रनको साझेदारी गर्दै चेन्नईलाई बलियो अवस्थामा पुर्‍याएका थिए । 

दिल्लीका टम कुरानले सर्वाधिक ३ विकेट लिए । 

यसअघि दिल्लीको लागि पृथ्वी शाले सर्वाधिक ६० रन बनाउँदा रिशभ पन्तले ५१ रन बनाएका थिए । त्यस्तै शिम्रन हेटम्येरले ३७ रन बनाएका थिए । चेन्नईको जस हाज्विल्डले सर्वाधिक २ विकेट लिएका थिए । 

चेन्नईले २०१०, २०११ र २०१८ को आइपिएल जितेको थियो ।

सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । 

फाइनल शुक्रबार हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि