बैशाख २३, २०८१, आइतबार
               

प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

खोटाङ । प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

६६औँ प्रहरी दिवसका अवसरमा प्रहरीले १७ असोजदेखि १९ असोजसम्म जिल्ला स्तरिय सिंगल, खुला डबल र भेट्रान डबल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सिंगल  ब्याटमिन्टनमा सविन श्रेष्ठ प्रथम, एलिस दंगाल दोस्रो तथा अविन राई र सनम राई तेस्रो भएका छन् ।

खुला डबलतर्फ दिपक खत्री र कल्पना राई जोशीको समूह प्रथम, विनोद उदास र सविन श्रेष्ठको समूह दोस्रो, विकास खत्री र विपिन योगी तथा एलिस दंगाल र ममता राईको समूह तेस्रो भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भेट्रान डबलमा राजु श्रेष्ठ र जय राईको समूह प्रथम, कल्पना राई जोशी र हरि राईको समूह दोस्रो, भोजबहादुर मगर र प्रकाश राई तथा भक्त कालिकोटे र केशव थापाको समूह तेस्रो भएका छन् । 

यो पनि