मंसिर ०७, २०८१, शुक्रबार
               

पन्जाबलाई हराउँदै आईपीएलको प्लेअफमा पुग्यो बेंगलोर

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

काठमाडौं । पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।

पन्जाबका मयंक अग्रवालले सर्वाधिक ५७ रन बनाउँदा कप्तान लोकेश राहुल ३९ रन जोडे । बेंगलोरका स्पिनर युजभेन्द्र चहलले ३ विकेट हात पारे । हारसँगै पन्जाबको अघिल्लो चरण अंक गणितिय आशा मात्र बाँकी छ ।

त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ५७ रनको योगदान दिए । ओपनर देवदत्त पाडिक्कलले ४० रन बनाए । 

पन्जाबका मोइजेस हेनरिक्स र मोहम्मद शामीले ३र३ विकेट लिए । बेंगलोर प्लेअफमा पुग्ने तेस्रो टोली हो । चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सले यसअघि प्लेअफ यात्रा तय गरिसकेका छन् ।

अब अन्तिम चारमा स्थानका लागि मुम्बई इन्डियन्स, कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । 

यो पनि