चैत १५, २०८०, बिहीबार
               

विराटनगर इपिएलबाट बाहिरियो

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत शनिबारको खेलमा पोखरा राइनोज विजयी भएको छ । विराटनर वारियर्सलाई ७ विकेटले पराजित गरेको हो । पराजित विराटनगर इपिएलबाट बाहिरिएकाे छ । 

विराटनगरले दिएको १७२ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । पोखराका असेला गुणारत्नेले अविजित ५० रनको पारी खेले । २४ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । 

रिर्चड लेभीले ४७, सहान अर्चिगेले ४३ र अविजित रहेका कप्तान विनोद भण्डारीले १५ रनको योगदान दिए । विराटनगरका सिकन्दर राजा, हरि चौहान र प्रतिस जिसीले समान १ विकेट हात पारे । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएका थियो ।  उसका लागि आशिफ शेखले सर्वाधिक ४४ रनको योगदान दिए । सिकन्दर राजाले २९, अविजित रहेका सन्दीप रजालीले २८ र कप्तान करण केसीले २४ रन जोडे । 

पोखराका लागि विक्रम सोबले २, विवेक यादव, सहान अर्चिगे र नन्दन यादवले समान १ विकेट हात पारे । यो जितसँगै ४ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको पोखराले प्ले अफको सम्भावना बलियो बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि