बैशाख ०८, २०८१, शनिबार
               

चेन्नई जितसहित प्ले अफमा प्रवेश

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा चेन्नई सुपर किङ्स जितसहित प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा बिहीबारराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।

हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए । फाप डु प्लेसिसले ४१ रन जोड्दा मोइन अलिले १७ रन बनाए । अम्बाती रायडु १७ रनमा अविजित रहदा कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन जोडे ।

हैदरावादका जासन होल्डरले ३ तथा राशिद खानले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

हैदरावादका रिद्दिमान शाहले ४४ रन बनाए । अविशेक शर्मा र अब्दुल समादले १८/१८ रन जोड्दा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन ११ रनमा आउट भए ।


कस्तो लाग्यो ?

यो पनि