बैशाख ०७, २०८१, शुक्रबार
               

साफ च्याम्पियनसिप : आयोजक माल्दिभ्ससँग नेपाल खेल्दै

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ । मालेमा आज (शुक्रबार) बाट सुरु हुने १३औं संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझको ९ः ४५ बजे सुरु हुनेछ । 

यसअघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा आयोजना हुनेछ । 

नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यता, साविक विजेता माल्दिभ्स समेत नेपाललाई पराजित गर्दै घरेलु दर्शकमाझ प्रतियोगितामा बलियो उपस्थित देखाउन चाहन्छ ।

नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले खेल अघि बोल्दै टोलीमा युवा र अनुभवी खेलाडीको तालमेल राम्रो रहेको र घरेलु दर्शक माझ माल्दिभ्सलाई चुनौती दिन तयार रहेको बताएका छन् । 

प्रतियोगिताको १३औ संस्करण आइपुग्दा नेपालले हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन नेपाली टोली हालसम्म फाइनल समेत पुगेको छैन । 

अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा

नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल

नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट

नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट

नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट

नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल

नेपाल १– २ भारत – मैत्रीपूर्ण खेल

नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल ९फिफा आधिकारिक्ता नपाएको०

साफमा नेपालको खेल– समय

नेपाल भर्सेस माल्दिभ्स – असोज १६ गते – राति ९ः४५ बजे

नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे

नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ः४५ बजे

नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे

नेपाली टिम

गोलकिपर – किरणकुमार चेम्जोङ ९कप्तान०, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द

मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी

स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा

माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट

गोलरक्षक – किरणकुमार चेम्जोङ

डिफेण्डर – दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ,

मिडफिल्डर – तेज तामाङ, आयुष घलान, सुजल श्रेष्ठ

स्ट्राइकर – सुमन लामा, मनिष डांगी, नवयुग श्रेष्ठ


कस्तो लाग्यो ?

यो पनि