बैशाख १४, २०८१, शुक्रबार
               

ललितपुरले दियो भैरहवालाई १७८ रनको लक्ष्य

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्लाडीयटर्सलाई १७८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो ।

ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अज्मतुल्लाह ओमारजाईले ४२ रन बनाए । सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए ।

त्यस्तै योगेन्द्र सिंह कार्कीले ७ रन जोड्दा कप्तान कुशल भुर्तेल २ रनमा आउट भए । पवन सर्राफले १ रनमा आउट हुँदा नारायण जोशी सुन्य रनमा अविजित रहे । भैरहवाका अविनास बोहराले २ विकेट लिए । धम्मिका प्रसाद,कृष्ण कार्की र आरिफ शेखले १/१ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि