मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौंलाई पराजित गर्दै चितवन शीर्षस्थानमा

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स-११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो  । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमल सिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलिप नाथले २३ रन जोड्दा करिम जनतले २१ रन बनाए । मोहमद साहजदले २१, भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी सुन्य रनमा आउट भए ।

काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट लिए । जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे । रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए । सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए । करिम जनतले दुई विकेट लिए ।

काठमाडौंलाई हराएसँगै चितवन तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि