बैशाख १४, २०८१, शुक्रबार
               

आइपिएल : कोलकातासँग दिल्ली पराजित

एजेन्सी
असोज १२, २०७८

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज (मंगलबार) भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । 

शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएकाे १२८ रनकाे लक्ष्य काेलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायाे ।

काेलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले ३ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे दिल्लीले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो ।

दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । बलिङतर्फ काेलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान दुई–दुई विकेट लिए । 

याे जितसँगै काेलकाता ११ खेलमा १० अंकसहित तालिककाे चाैथाे स्थानमा उक्लिएकाे छ । समान खेलबाट १६ अंक बटुलेकाे दिल्ली भने तालिकाकाे दाेस्राे स्थानमा छ । 

प्रतियाेगिताकाे दाेस्राे खेलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल भइरहेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि