बैशाख २२, २०८१, शनिबार
               

चितवन र भैरहवाबीचको खेल पनि रद्द

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारका लागि तय भएका दुवै खेल रद्द भएको हो ।

चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । भैरहवा ग्ल्याडियटर्सको पहिलो खेल वर्षाको कारण पोखरा राइनोजसँग अंक बाँडेको थियो । सोमबार विराटनगर र काठमाडौं किंग्स इलेभेनबीचको खेल वर्षाको कारण रद्द भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि