बैशाख २२, २०८१, शनिबार
               

मैत्रीपूर्ण खेलमा आज ओमानसँग नेपाल भिड्दै

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

 काठमाडौं । आज मैत्रीपूर्ण खेलमा ओमानसँग नेपाल भिड्दै छ । साफ च्याम्प्यिनसिप को तयारीमा रहेको नेपालले आज ओमनसँग मैत्रीपूर्ण खेलमा भिड्न लागेको हो ।

साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि १५ तारिखसम्म माल्दिभ्समा आयोजना हुँदै छ । नेपालले उद्घाटन खेल माल्दिभ्ससँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

हाल कतारमा रहेको नेपाली टिमले दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति पौने १० बजे ओमनसँग प्रतिष्पर्धा गर्ने छ ।

नेपाली फुटबल टिमले अहिले त्यहीँ अभ्यास गरिरहेको छ। कतारमा अभ्यास सकेपछि उतैबाट नेपाली टिम साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जाने छ । 


कस्तो लाग्यो ?

यो पनि