बैशाख २२, २०८१, शनिबार
               

इंग्लिस प्रिमियर लिग : सिटीद्वारा चेल्सी पराजित

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

एजेन्सी ।​ इंग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा म्यानचेस्टर सिटीद्वारा लन्डन क्लब चेल्सी पराजित भएको छ ।

साविकको विजेता म्यानचेस्टर सिटीले उपाधि दाबेदार देखिएको लन्डन क्लब चेल्सीलाई पराजित गरेको हो । म्यानचेस्टर युनाईटेड एस्टन भिल्ला सँग स्तब्ध रहँदा लिभरपुल ब्रेनफोर्डसँग ३–३ को बराबरीमा रोकिएको छ ।

सिटीका लागि दोस्रो हाफमा ब्राजिलियन फरवार्ड गाब्रियल जेससले गरेको एकमात्र गोल निर्णायक बन्यो । त्यस्तै अर्को दाबेदार युनाईटेड पनि एस्टन भिल्लासँग १–० ले नै पराजित भयो ।

चेल्सी र युनाईटेड दुबैको यो जारी सिजनमा पहिलो हार भएको छ । स्टामफोर्ड ब्रिजमा शनिबार साँझ भएको खेलमा सिटीले घरेलु टोलीलाई दवावमा राखेको थियो । पहिलो हाफमा गोलका राम्रा अवसर सदुपयोग गर्न सिटी असफल रह्यो ।

एकपछि अर्को आक्रमण गरेपनि सिटी असफल भएको थियो । तर, घरेलु दर्शकलाई निरास पार्ने क्रममा सिटीले ५३औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले जोओ क्यान्सिलोको पासमा गोल गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि