बैशाख २२, २०८१, शनिबार
               

ला लिगाको जारी सिजनमा एट्लेटिकोको पहिलो हार

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

साविक विजेता एट्लेटिको मड्रिडले जारी स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ ।

शनिबार सम्पन्न खेलमा घरेलु टोली अलाभेसले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो ।

अलाभेसको जितमा लागुर्डियाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए । 

अलाभेसको यो पहिलो जित हो । यता, पराजित एट्लेटिकोले ७ खेलबाट १४ अंक जोडेको छ। एट्लेटिको अंक तालिकाको दोस्रो स्थानमा छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले ६ खेलबाट १६ अंक जोडेको छ ।


कस्तो लाग्यो ?

यो पनि