बैशाख २२, २०८१, शनिबार
               

ईपीएलको उद्घाटन खेलमा काठमाडौँलाई १५८ रनको लक्ष्य

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सले काठमाडौँ किङ्स-११ लाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।                                                                  

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए ।भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी शुन्य रनमा अविजित रहे ।

काठमाडौँका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए ।काठमाडौँका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् ।


कस्तो लाग्यो ?

यो पनि