चैत १६, २०८०, शुक्रबार
               

बैंगलोरलाई हराउँदै चेन्नेई शीर्ष स्थानमा

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई १४ अंकका साथ आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा प्रंवेश गरेको हो ।

बैंगलोरले दिएको १५७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चन्नईले १८ ओभर १ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। चेन्नईलाई जित दिलाउन रुटुराज गेकवाडले ३८ रन बनाए । यस्तै‚ अम्बती रायडुले ३२, फाप्डु प्लेसिसले ३१ तथा मोइन अलीले २३ रनको योगदान दिए ।

यसअघि युएईको शारजाह मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको बैंगलोरले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पडिक्कालले ७० तथा कप्तान विराट कोहलीले ५३ रन बनाएपनि हार टार्न सकेनन् । पराजित बैंगलोर १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

आइपिएलमा आज दुई खेल हुने छन् । दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दा राति पौने ८ बजे सनराइजर्स हैदरावाद र पन्जाव किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।


कस्तो लाग्यो ?

यो पनि