बैशाख २२, २०८१, शनिबार
               

जितसहित दिल्ली शीर्षस्थानमा उक्लियो

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती आइपिएलको ३३ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबईमा बुधबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई ८ विकेटले हराएको हो । हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । यस्तै ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए । हैदरावादका खलिल अहमेद र राशिद खानले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो ।

हैदरावादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्दिमान साह र केन विलियम्सनले १८/१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए । जितसँगै दिल्ली लिगको शीर्षस्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि