चैत १६, २०८०, शुक्रबार
               

दिल्लीलाई हैदरावादले दियो १३५ को मध्यम लक्ष्य

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आईपीएल) टि-२० क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई जितका लागि १३५ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो ।

हैदरावादका लागि अब्दुल सहमदले सर्वाधिक २८ रन बनाए । 

उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, रासिद खानले २२, रिद्धिमान शाहले १८ र मनिस पाण्डेले १७ रन बनाए। दिल्लीका ३ खेलाडी रन आउट भएका थिए । 

बलिङतर्फ दिल्लीका लागि अरिच नोर्टे र अक्षर पटेलले समान दुई/दुई विकेट लिए । 

दिल्ली ८ खेलबाट १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको चेन्नइ सुपर किंग्सको पनि १२ अंक छ ।

हैदरावाद ७ खेलबाट २ अंक जोडेर तालिकाको पुछारमा छ । 


कस्तो लाग्यो ?

यो पनि