बैशाख ०७, २०८१, शुक्रबार
               

क्रिकेटर विनोद र सोनिकाको इन्गेजमेन्ट, दसैंमा विहे (तस्बिरसहित)

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् । 

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले बुधबार काठमाडौंमा एक समारोह आयोजना गरी औंठी साटासाट गरेका हुन् ।

विनोदसँग दसैंको टिकाका दिन विवाह गर्ने तय भएको सोनिकाले जानकारी दिइन् ।

खेल पत्रकार सोनिका ग्यालेक्सी फोके टीभीमा अवद्ध छिन्, हिमालय टिभी छाडेर उनी ग्यालेक्सी गएकी हुन् ।

क्रिकेटको रिपोर्टिङ गर्ने क्रममा विनोदसँग उनको चिनजान भएको र प्रेम सुरु भएको उनका निकटस्थहरू बताउँछन् ।

विनोद कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी हुन् । विनोद ओमान टुर सकेर मंगलबार मात्र स्वदेश फर्केका थिएदख। 

इन्गेजमेन्टका तस्बिर:

यो पनि