जेठ ०५, २०८१, शनिबार
               

बैंगलोरविरुद्ध कोलकत्ता विजयी

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकत्ताको जितमा सुबमन गिलले ४८ रन बनाए । यस्तै भेन्काटेस आयर ४१ रनमा अविजित रहे । आन्द्रे रसेल सुन्य रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए ।

ग्लेन म्याक्सवेल १० रनमा आउट भए । कप्तान विराट कोहली ५ रनमा आउट भए । कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

यस जितसँगै कोलकत्ताले ८ खेलमा ६ अंक जोडेको छ । कोलकत्ता पाँचौं स्थानमा उक्लिएको छ ।बैंगलोर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि