जेठ ०५, २०८१, शनिबार
               

टोटेनह्याममाथि चेल्सीको सहज जीत

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले घरेलु टोली टोटेनह्याम हटस्परमाथि सहज जीत दर्ता गरेको छ । टोटेनह्याम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले टोटेनह्यामलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोरहित बराबरी सकिएको थियो । दोस्रो हाफको शुरुमै ब्राजिली डिफेन्डर थियागो सिल्भाले गोल गर्दै पाहुना टोली चेल्सीलाई १–० को अग्रता दिलाए । ५७औं मिनेटमा एङ्गोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्टेनियो रुडिगरले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । जितपछि अपराजित रहेको चेल्सी ५ खेलबाट १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि