जेठ ०५, २०८१, शनिबार
               

ला लिगामा रियलको पुनरागमन जीत

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बेन्जिमा चम्किँदा रियल मड्रिडले जीत दर्ता गरेका छ । रियलको जीतमा बेन्जिमाले एक गोल तथा एक एसिस्ट गरे । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । खेलको ६६ औँ मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ८६ औँ मिनेटमा भिनिसियसको गोलबाट रियल खेलमा फर्कियो । उनले बेन्जिमाको पासमा गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २(१ को जित दिलाए ।

लिगमा रियलको यो चौंथो जित हो । जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि