बैशाख ०८, २०८१, शनिबार
               

म्यानचेस्टर युनाइटेडको पूनरागमन जित

एजेन्सी
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ ।

लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि २–१ को पूनरागमन जित निकालेको हो । 

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरे । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो । 

खेलको ३०औं मिनेटमा जारोड बोओनको पासमा सेड बेनरहमाको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो । तर, ३५औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए । 

खेलको अन्त्यतिर सब्सिच्युट जेसे लिंगार्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को पूनरागमन जित दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा वेस्ट ह्यामले पेनाल्टीमार्फत् खेललाई बराबरीमा ल्याउने मौका गुमायो ।

लुक साले पेनाल्टी बक्समा एन्ड्रिए यार्मोलेन्कोको क्रसलाई हातले छोएपछि भिएआरको सहायतामा वेस्ट ह्यामले पेनाल्टी पाएको थियो ।नोबलको प्रहारलाई युनाइटेडका गोलरक्षक डेविड डे हेयाले बचाए ।

जितसँगै अपराजित रहेको युनाइटेडको ५ खेलबाट १३ अंक पुगेको छ । शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेपनि दोस्रो स्थानमा रहेको छ । पराजित वेस्टह्याम ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यो पनि