जेठ ०५, २०८१, शनिबार
               

चार अर्धशतक बनाउने ज्ञानेन्द्र पहिलो नेपाली खेलाडी

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् ।

ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरेका हुन् ।

ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

ज्ञानेन्द्रले नेस्टर धम्बालाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

ओमानविरुद्धको खेलमा ज्ञानेन्द्रले ५२ रन जोडेका थिए । उनले ५६ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

ज्ञानेन्द्रपछि ओडिआईमा रोहित कुमार पौडेलले तीन अर्धशतक प्रहार गरेका छन् । 

यो पनि