जेठ ०५, २०८१, शनिबार
               

करण र सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले १२२ रनकाे सामान्य लक्ष्य पाएकाे छ । 

अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध कसिद्य बलिङ गर्दा ओमानका खेलाडीले १२१ रन मात्र बनाउन सकेकाे हाे । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंह १३ रन, नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए । कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ ।

लिग-२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि