जेठ ०५, २०८१, शनिबार
               

विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि संचालित खुला छनोट प्रतियोगिताको ६३ किलोमा आइतबार पहिलो भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता भूपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ किलोमा एचटुओका रविन थापा पहिलो भए । उनले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई हराए । 

५७ किलोको फाइनलमा एपीएफका पुरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छाउँदै शीर्ष स्थान हात पारे । ७१ किलोमा एपीएफका विकास लामा पहिलो भए । उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।

पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दाबा छिरिङ लामाबीच ६७ किलोको फाइनल प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा १३औँ सागका स्वर्णधारी सनिलले भाइबका विकास राना मगर तथा दाबाले एपीएफका सुमन कार्कीलाई पाखा लगाए ।


कस्तो लाग्यो ?

यो पनि