बैशाख २३, २०८१, आइतबार
               

अनु र रशिला दोस्रो चरणमा

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपीएफ क्लबकी शोर्भा गौचनमाथि २१-१७ र २१-११ ले पराजित गरिन् । 

आर्मीकी रशिला महर्जनले नखिपोट यूथ क्लबकी नविना राईमाथि २१-२ र २१-६ को एकपक्षीय जित निकालिन् । यस्तै एपीएफकी सुनैना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २१-७ र २१-१५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् । एपीएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवामाथि २१-९ र २१-१५ को सहज जित निकालिन् । 

यस्तै फिलिट नेपालकी सीमा राजवंशीले हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१-५ र २१-२ को सोझो सेटमा हराइन् । यस्तै नेपाल पुलिस क्लबकी  निता लम्सालले बीबीसीकी प्रतिष्ठा अर्याललाई २१-१० र २१-७ ले तथा आर्मीकी रोज पाण्डेले जेस्ट ब्याडमिन्टन एकेडेमीकी तारा आलेमगरलाई २१-५ र २१-१० ले हराइन् ।


कस्तो लाग्यो ?

यो पनि