बैशाख २३, २०८१, आइतबार
               

नेपालले अमेरिकालाई दियाे १७५ रनकाे लक्ष्य, ज्ञानेन्द्रकाे अर्धशतक

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले अमेरिकालाई १७५ रनकाे लक्ष्य दिएकाे छ । 

अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन बनायाे । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । ज्ञानेन्द्र मल्ल १०५ बलमा ५५ रन बनाएर आउट भए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टाेलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए । 

बलिङतर्फ अमेरिकाका साैरभ नेत्रवाल्करले चार विकेट लिए । त्यस्तै किले फिलिपले तीन विकेट लिए । 

लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा छ । 

सात टोली रहेको लिग–२ मा एक टोलीले नाै श्रृंखलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् । 

ज्ञानेन्द्रको कीर्तिमान

यसैबीच, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत आज शुक्रवार अमेरिकासँगको खेलमा ५५ रन बनाएका कप्तान मल्लले कीर्तिमान बनाएका छन् । आजको रनसँगै ज्ञानेन्द्रले एकदिवसीयमा तीन सय ६६ रन बनाएका छन् ।

यसअघि पूर्वकप्तान पारस खड्का तीन सय १५ रनसहित नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी थिए ।


कस्तो लाग्यो ?

यो पनि