बैशाख ०८, २०८१, शनिबार
               

ओमानसँग नेपाल पराजित

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो । 

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए ।

यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन  बनाए । सोइब खान ७ रनमा आउट हुँदा कप्तान जिसन मक्सुद ४ रनमा आउट भए ।

मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड सुन्य रनमा अविजित रहे ।

नेपालका करण केसी र कुशल मल्लले २/२ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो ।

 नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले । उनले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

आसिफको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक समेत हो । उनी एकदिवसीय अन्तराष्ट्रिय सर्वाधिक उच्च रन बनाउने ओपनर ब्याट्सम्यान समेत बनेका छन् ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१ रन जोडे । रोहित पौडेल २० रनमा आउट हुँदा सनिद्प लामिछाने १६ रनमा आउट भए ।

सोमपाल कामी ७ रन, विनोद भण्डारी ६ रन, कुशल मल्ल ४ रन र बिक्रम सोब २ रनमा आउट भए । ओपनर कुशल भुर्तेल सुन्य रनमा पेभेलियन फर्किए ।

ओमानका बिलाल खान एक्लैले ४७ रन खर्चिएर ४ विकेट लिए। नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १/१ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि