जेठ ०५, २०८१, शनिबार
               

ओमानलाई नेपालले दियो सामान्य लक्ष्य

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १९६ रन मात्र बनाउन सक्यो । नेपालले घरेलु टोलीलाई जितका लागि १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आसिफ एक दिवसीय खेलमा नेपालका तर्फबाट उच्च स्कोर बनाउने ओपनर ब्याट्सम्यान बनेका छन् ।

आशिफकाे ब्याट चलेपनि अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।अघिल्लो खेलमा चम्किएको कुशल भुर्तेल र रोहित पौडेल चल्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । बिक्रम सोबले २ रनमात्र बनाउन सके ।

यसअघि, लिग-२ को सिरिज अन्तर्गतनै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि