जेठ ०५, २०८१, शनिबार
               

ओमानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । 

अल अमिरात क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछन्।

आज नेपाल घरेलु टिमविरुद्ध जीत निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि