जेठ ०६, २०८१, आइतबार
               

इंग्लिस प्रिमियर : बर्नलीमाथि एभर्टनको सहज जित

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल) मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १–१ गोल गरे । बर्नलीका लागि बेनमीले १ गोल गरे । खेलमा अग्रता भने भ्रमणकारी टोली बर्नलीले बनाएको थियो । दोस्रो हाफको ५३ मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए । 

६० मिनेटमा माइकलले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए । बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २–१ को अग्रता दिलाए । ६६ मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३–१ को जित सुनिश्चित गरे । 

जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको चार खेलबाट १० अंक भएको छ । पराजित बर्नली समान चार खेलबाट एक अंकसहित १८औँ स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि