जेठ ०५, २०८१, शनिबार
               

नेपाललाई अमेरिकाको चुनौतीपूर्ण लक्ष्य

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलको शतकसँगै अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिको निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनायो । नेपालका स्पिनर सुशान भारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।


कस्तो लाग्यो ?

यो पनि