जेठ ०५, २०८१, शनिबार
               

अमेरिकाविरुद्ध नेपालले सुरु गर्‍यो बलिङ

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा सुरु भएकाे छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध सुरुवातमा बलिङबाट सुरुवात गरेकाे हाे ।

अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ ।

लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो। सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा अमेरिकालाई ८ विकेटले हराएको थियो।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । 


कस्तो लाग्यो ?

यो पनि