जेठ ०६, २०८१, आइतबार
               

इंग्लिस प्रिमियर लिग : लिड्सविरुद्ध लिभरपुरको सहज जित

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

लिड्स । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लिड्स युनाइटेडविरुद्ध सहज जित निकालेको छ । आइतबार रातिको खेलमा लिभरपुरले लिड्समाथि ३र० को सहज जित निकालेको हो । 

एलाण्ड रोडमा भएको खेलमा लिभरपुरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । लिभरपुरको जितमा मोहम्मद सलाह, फाबिन्हो र साडियो मानेले एकरएक गोल गरे । 

सलाहले खेलको २० मिनेटमा गोल गर्दै लिभरपुरलाई १र० को अग्रता दिलाए । ५० मिनेटमा फाबिन्होको गोलमा दोहोरो अग्रता रह्यो भने मानेले ९० मिनेट पछि थपिएको तीन मिनेटमा गोल गर्दै ३र० को सहज जित दिलाए । 

जितसँगै लिभरपुर १० अंकसहित इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा छ । समान चार खेलसहित १० अंक रहेपनि म्यानचेष्टर युनाईटेड र चेल्सी गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन् । 


कस्तो लाग्यो ?

यो पनि