जेठ ०६, २०८१, आइतबार
               

यूएस ओपन टेनिसको उपाधि एम्मा राडुकानुलाई

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि उचालेकी हुन्।

उनले बेलायतको पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जित्ने प्रतिक्षालाई पूरा गरिन्। उनले फाइनलमा १९ वर्षिया क्यानेडियन खेलाडी लेला फर्नान्डेजमाथि ६–४ र ६–३ को सेटमा जीत निकालिन्। सन् १९७७ मा भर्जिनिया वेडले अन्तिम पटक बेलायतका लागि विम्बल्डनको उपाधि जितेकी थिइन्।

उनले उपाधिसँगै १ दशमलव ८ मिलियन पाउण्ड पुरस्कार प्राप्त गरिन् । उनले विश्व वरीयतामा २३ स्थान फड्को मारिन् साथै उनी बेलायतकी सबैभन्दा शीर्ष वरियताकी खेलाडी बनिन्।


कस्तो लाग्यो ?

यो पनि