जेठ ०६, २०८१, आइतबार
               

महिला फुटबलमा आज नेपाल बंगलादेशसँग भिड्दै

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा भिड्ने भएको छ । घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग नेपाल भिड्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल बेलुकी ५ बजे सुरु हुने बताइएको छ ।

एएफसी महिला एसियन कप – २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।

एएफसी महिला एसियन कप – २०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।

साथै, नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि