जेठ ०५, २०८१, शनिबार
               

टी-२० प्रतियोगितामा श्रीलङ्कामाथि दक्षिण अफ्रिकाको जीत

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा श्रीलङ्कालाई २८ रनले हराएको छ । जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले पुरै २० ओभर खेल्दा छ विकेटको क्षतिमा मात्र १३५ रन जोड्न सक्यो । दिनेश चन्दिमलले अविजित रहँदै ६६ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन । अर्का ब्याट्सम्यान चमिका करुणारत्ने २२ रन बनाएर अविजित रहेका छन् । 

दक्षिण अफ्रिकाका लागि जोर्न फोरट्युन, एनरिक नोर्जे, केशव महाराज, तब्रैज सम्सी र ड्वायन प्रिटोरियसले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६३ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा ओपनर क्विन्टन डे कक र रीजा हेण्ड्रीक्सले पहिलो विकेटको लागि ७३ रनको साझेदारी गरे । 

ककले ३६ तथा हेण्ड्रीक्सले ३८ रनको योगदान दिनुभयो । एैडन मरक्रमले ४८ रनको योगदान दिए । श्रीलङ्काका लागि दुश्मन्थ चमीरा, महीश तीक्ष्णा र दसुन सनाकाले एक एक र वनिन्डु हसरङ्गा डे सिल्भाले दुई विकेट लिए । 


कस्तो लाग्यो ?

यो पनि